१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अच्युतराज भण्डारी
२०७५ पौष ८ आइतबार १२:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

१३ खानेपानी आयोजना अलपत्र

Read Time : < 1 मिनेट
अच्युतराज भण्डारी
२०७५ पौष ८ आइतबार १२:४२:००

खानेपानी तथा सरसफाइ कोष विकास समितिले सञ्चालन गरेका खानेपानी आयोजना अलपत्र परेका छन् । विश्व बैंकको सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र र जनकल्याण ग्रामीण विकास तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा समितिले दुई वर्षअघि यहाँका एक दर्जन खानेपानी आयोजना सुरु गरेको थियो ।

समितिले सम्झौताअनुसार, दोस्रो किस्ताको रकम निकासा नगर्दा आयोजना लथालिङ भएको साझेदारी संस्था जकल्याणका अध्यक्ष पदमबहादुर रावलले बताए । उनका अनुसार, पहिलो किस्ता रकमबाट आरबिटी ट्यांकी निर्माण, पाइप लाइन विस्तार भएको छ । अब घरघरमा धारा मात्र विस्तार गर्न बाँकी रहेको उनले बताए । 

दोस्रो किस्ताको करिब ४५ लाख रुपैयाँ निकास नभएको विकास केन्द्रका कार्यक्रम प्रबन्धक जर्मन नेपालीले बताए । जसले गर्दा गत फागुनमै सम्पन्न हुनुपर्ने आठ आयोजना अधुरै रहेको उनको भनाइ छ । 

अधुरा दर्जन आयोजना
अधुरा रहेका आठ आयोजनमा जनकल्याण ग्रामीण विकास तथा अनुसन्धान केन्द्रमार्फत निर्माण भइरहेका शोभा, कालै, रारा गिलाहा र गम्था खानेपानी आयोजना छन् । त्यस्तै, ग्रामीण सामुदायिक विकास केन्द्रमार्फत निर्माण भइरहका मुन्दु, बालचौर, कम्फा, मह, खनाया, तलिबाडा, नार्थपु मुसिनमेला र गम्था रास्कोटीबाडा खानेपानी आयोजना छन् । 

यी आयोजना अधुरै रहँदा करिब चार हजार परिवारले खानेपानीको समस्या व्यहोर्नु परेको छ । दोस्रो किस्ताको रकम निकासा नहुँदा घरमा धारा विस्तार गर्न नसकिएको रारा गिलाहा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयबहादुर शाहीले बताए ।