मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ३० बिहीबार
  • Tuesday, 01 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३० बिहीबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'भ्रष्टाचार नगर्ने र गर्न नदिने' साइनबोर्ड राखेर ओलीले भ्रष्टाचार मात्रै गरेको प्रचण्डको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३० बिहीबार १७:२२:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार नगर्ने र गर्न नदिने भनी भ्रष्टाचार मात्रै गरेको आरोप लगाए। उनले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोषी छ वा अहिलेको शासन प्रणालीमा कतै खोट छ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेकोसमेत औँल्याए।

‘हामीले प्रधानमन्त्रीहरूले भन्ने गरेको सुनेका छौँ– म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक अरू केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताए। उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको उल्लेख गर्दै माओवादी रहेसम्म बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरूलाई चैनमा बस्न नदिने जिकिर गरे।