१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ११:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानुपातिककाे सर्टलिस्ट तयार पार्दै एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ११:०५:००

एकीकृत समाजवादीले प्रदेशहरूबाट समानुपातिकमा सिफारिस भएका नाममाथि बुधबारबाट छलफल सुरु गरेको छ । १ असोजसम्म नामावली टुंग्याउने गरी छलफल थालिएको उपमहासचिवसमेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘प्रदेशबाट नाम सिफारिस भएर आइसकेका छन् । भूगोल, समुदाय, लिंग मिलाएर सूची तयार गर्छौँ । उम्मेदवारको सर्टलिस्ट गर्ने काम सुरु भएको छ ।’

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र सक्रिय तथा समावेशिताको सिद्धान्तविपरीत नहुने गरी नाम सिफारिस गर्न एकीकृृत समाजवादीले मापदण्ड तोेकेको छ ।

सोही आधारमा निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले दाबेदारको नाम केन्द्रमा पठाइसकेका छन् । देशभरिका निर्वाचन क्षेत्रबाट एक महिलासहित बढीमा तीनजनाको नाम सिफारिस भएको छ ।

टिकटमा धेरैको दाबीले समस्या भयो : माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा टिकट लिन चाहने नेताहरूको चर्को दाबीले समस्या भइरहेको गुनासो पोखेका छन् । पार्टीनिकट समाजवादी सहकारी संगठन घोषणा कार्यक्रममा बुधबार नेपालले आकांक्षी धेरै भएको बताएका हुन् ।

आकांक्षीहरूले टिकट नपाउँदा बेहोस हुने हुन् कि भन्ने चिन्ता लागेको भन्दै उनले कटाक्षसमेत गरे । ‘टिकट सबैलाई चाहिएको छ । टिकट नपाए कता फेन्ट हुने हो थाहा छैन । चाहना अकासिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल छ, को काबिल छैन ? त्यो छुट्याउने आधार बनाउन सकिरहेका छैनौँ ।’ 

नेपालले नेता–कार्यकर्तालाई व्यवसाय वा रोजगारीमा जोडिन पनि आग्रह गरे । सहकारी अवधारण सबैभन्दा उपयुक्त हुने उनको सुझाव थियो ।