१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ भदौ २९ बुधबार १९:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतिको शिलान्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार १९:३४:oo

हुलाकी सडकअन्तर्गत नेपालगन्ज–गुलरिया सडकको २२ किलोमिटर चार लेन निर्माण हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले उक्त सडकको शिलान्यास गरेसँगै सडक चार लेन बन्ने भएको हो। 

कुल ३५ किलोमिटर सडकमध्ये २२ किलोमिटर चार लेन र १० किलोमिटर दुई लेनको निर्माण गर्न लागिएको मन्त्री राईले बताए। उनले भने, ‘सहर तथा बस्ती भएको २२ किलोमिटर सडक चार लेन र १० किलोमिटर सडक दुई लेन निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ । असोज अन्तिम साताभित्र ठेक्काको टुंगो लाग्छ। कात्तिकदेखि निर्माणको काम सुरु हुनेछ।’ 

उनले हुलाकी सडकअन्तर्गत नेपालगन्ज–सिधनियाघाट सडक पनि चार लेन निर्माण गर्न लागिएको बताए। उक्त सडकमा पनि बस्ती भएको ठाउँमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको निर्माण हुने मन्त्री राईको भनाइ छ। 
सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा बर्दिया क्षेत्र नं. १ बाट विजयी प्रतिनिधिसभा सदस्य संजय गौतमले सडक स्तरोन्नति भए नेपालगन्ज–गुलरिया आउजाउ गर्न सहज हुने बताए। उनले सडक जीर्ण भएका कारण नेपालगन्ज आउन सास्ती खेप्नुपरेको बताउँदै नेपालगन्जसँग गुलरियालाई जोड्न सडकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनसंख्या र सवारी साधनको चाँप बढेसँगै नेपालगन्ज–गुलरिया सडक साँघुरो भएकोले स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको बताए। उनले तीन वर्षभित्र सक्ने गरी टेन्डर आह्वान गरिएको जानकारी दिए। 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपालका अधिकांश जिल्ला सडक सञ्जालसँग जोडिएको बताउँदै ९७५ किलोमिटर लामो हुलाकी सडक निर्माण पूरा भएसँगै स्तरोन्नतिको काम अगाडि बढाएको बताए । उनले नेपालमा एक हजार २४ किलोमिटर महेन्द्र राजमार्ग, १३ सय किलोमिटर मदन भण्डारी राजमार्ग, १७ सय किलोमिटर मध्य पहाडी राजमार्ग रहेको बताए । 

त्यसैगरी, हुलाकी राजमार्गअन्तर्गत ३१ वटा सहायक राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग, पृथ्वी राजमार्ग पनि नेपालमा रहेको उनको भनाइ थियो ।