१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २९ बुधबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २९ बुधबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २९ बुधबार ११:२३:oo

आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । बैठक बिहान १ बजे सुरु हुनेछ। आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

आजको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने, अर्थमन्त्री जनार्दन शर्माले बिमा विधेयक, २०७५ सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 
 

ad
ad
ad
ad