मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २९ बुधबार ०७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महानगरको ट्राफिकविज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त 

Read Time : < 1 मिनेट
२०७९ भदौ २९ बुधबार ०७:३८:००

श्रेष्ठले प्रहरी व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा तालिम प्राप्त गरिसकेका छन्

काठमाडाैं महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुखस्तरीय निर्णयबाट उनलाई मंगलबार नियुक्त गरिएको हो । 

श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपत् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम लिएका थिए । यसैगरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएका छन् । 

यस्तै, उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जनभन्दा बढी शीर्षकमा तालिम लिएका छन् । उनले तालिम लिएका अन्य विषयमा दुर्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्वइतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् । 

सन् २००१ मा संयुक्त राष्ट्रसंघीय मिसन कोसोभोमा उनले भाग लिइसकेका छन् । उत्कृष्ट कार्य सम्पादनबापत उनले गोरखा नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसंघ पदक पाएका छन् । यस्तै, उनी विदेश सेवा पदकबाट सम्मानित भइसकेका छन् । उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रूपमा काम गरिसकेका छन् ।