मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Friday, 11 April, 2025
फाइल तस्बिर
२o७९ भदौ २८ मंगलबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको आरोप–देउवा नयाँ राणा शासनको निमित्त नायक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १७:४४:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ राणा शासनको निमित्त नायक रहेको आरोप लगाएका छन्। पार्टीनिकट नेपाल लोकतान्त्रिक तमु संघको मंगलबारदेखि पोखरामा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो आरोप लगाएका हुन्।

अन्य पार्टी र तीनका नेताहरूको आलोचना गर्ने क्रममा ओलीले भने, ‘हिजोको राणा शासन फर्किएजस्तो भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा त्यसको निमित्त नायक बनेका छन्। तर, उनी केबाट परिचालित छन् त्यो भने थाहा छैन।’

चुनावमा धाँधली गर्नका लागि कांग्रेस चुनाव आउने वेलामा सरकारमा जाने गरेको ओलीको जिकिर छ। सो क्रममा उनले वर्तमान सरकारले वृद्धभत्तामा समेत धाँधली गरेको आरोप लगाए।  हाल नेपालीको औसत आयु ७३ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिए पनि गठबन्धन सरकारले धाँधली गरी ६८ वर्ष बनाएकोमा उनले असन्तुष्टि जनाए।

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगेको भन्दै ओलीले प्रत्येक निर्वाचनपिच्छे उमेर घटाउँदै लाने हो भने भोलि जन्मनेबित्तिकै बच्चाले भत्ता पाउने दिन आउने उनको भनाइ थियो।

छुटाउनुभयो की ?