मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Sunday, 13 July, 2025
२o७९ भदौ २८ मंगलबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटा क्याम्पसको भौतिक संरचना निर्माणमा एक्जिम बैंक अफ इन्डियाले सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार १२:o४:oo

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माणमा एक्जिम बैंक अफ इन्डियाले सहयोग गर्ने भएको छ। भारतको एक्जिम बैंक अफ इन्डियाको आठ करोड लगानीमा क्याम्पसको प्रशासनिक भवन, कक्षाकोठा भवन, छात्रावास र पुस्तकालय भवन निर्माण गर्न लागिएको हो।

एक्जिम बैंक अफ इन्डियाले इन्जिनियरिङको काम गरिरहेको र अब केही दिनबाट काम सुरु गरिने सिनियर आर्किटेक्ट विनोद न्यौपानेले जानकारी दिए। भवन निर्माणका लागि ६ महिनामा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार हुनेछ। करिब तीन महिना अगाडिबाट पुस्तकालय र प्रशासनिक भवनको परिकल्पना गरिएको चित्र सार्वजनिक गरी सुझाव लिइसकिएको र अबको ३० महिनाभित्र भवन निर्माण गरी क्याम्पसलाई हस्तान्तरण गर्ने योजना रहेको न्यौपानेले बताए।

एक्जिम बैंक अफ इन्डियाले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरूलाई भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग गर्दै आएको छ। यसै क्रममा धनकुटा क्याम्पसलाई पनि सहयोग प्राप्त हुन लागेको धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताए। संरचना निर्माण भएपछि क्याम्पसको पठनपाठन तथा प्रशासनिक कामकाजमा सहजता मिल्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ छ। उक्त बैंकबाट सहयोग प्राप्त हुने आठ करोड रुपैयाँमध्ये एक करोड खर्च गरेर क्याम्पसको पुरानो भृकुटी महिला छात्रावासको ब्लक बनाउने तयारी गरिएको छ।

०१२ सालमा स्थापना भएको धनकुटा बहुमुखी क्याम्पसको कतिपय भवनहरू जीर्ण बन्दै गएका छन्। क्याम्पसमा धनकुटासहित पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, सुनसरी, मोरङलगायत विभिन्न जिल्लाबाट अध्ययन गर्न आउने गरेका छन्।