Skip This
संविधान दिवसमा केपी ओलीको नेतृत्वमा एमालेले जनपदयात्रा गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २७ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २७ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान दिवसमा केपी ओलीको नेतृत्वमा एमालेले जनपदयात्रा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २७ सोमबार १७:४८:oo

नेकपा एमालेले आठौँ संविधान दिवसका अवसरमा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा जनपदयात्रा कार्यक्रम आयोजना गर्ने भएको छ। संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने उद्देश्यले १ असोजमा ओलीको नेतृत्वमा ‘विशाल जनपदयात्रा’ आयोजना गरिएको एमालेले जनाएको छ।

बिहान ७ बजेबाट ‘मर्निङ वाक ड्रेस’मा पदयात्रामा हजारौँलाई सहभागी गराउने गरी एमालेले तयारी सुरु गरेको जनाएको छ। ‘राष्ट्रको समृद्धि र जनताको सुःखका लागि हरेकका एक–एक समावेश कदम’’ नारासहित पदयात्रामा जनआन्दोलन–०६२/६३ मा सहभागी विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्तित्वसहित आम नागरिकलाई सहभागिताका लागि एमालेले आह्वान गरेको छ।

‘जनआन्दोलनमा सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा योगदान पुर्याउने आम नागरिकलाई हामीले पदयात्रामा सहभागी हुन आह्वान गरेका छौँ’ केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भने, ‘संविधान दिवस आफैंमा राष्ट्रिय एकता र राजनीतिक एकीकरणको अभियान हो। त्यसैले यसलाई अझ सशक्त बनाउन, संघीयतालाई अझ सबल बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षपाती सबै नागरिकको साझा कार्यक्रमका रूपमा हामीले जनपदयात्रा आयोजना गर्दैछौँ।’

उपत्यकाका विभिन्न पाँच स्थान नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौँ मानिसहरूको सहभागितामा सुरू हुने जनपदयात्रा वसन्तपुरमा पुगेर विसर्जन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। नयाँ बानेश्वर चोकबाट सुरु हुने जनपदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन्।
 
निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो।