मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
धीरज मगर, अभिनेता
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २७ सोमबार ११:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नियमित जिम जान्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २७ सोमबार ११:२८:००

जिममा एक घन्टा बिताउँछु । भ्याएसम्म बिहान जान्छु, समय नमिलेको वेला बेलुकी गएर भए पनि एक घन्टा पसिना बगाउँछु । जिमबाट फर्किएर प्रोटिन भएका खानेकुरा खान्छु । त्यसपछि बिहान ११–१२ बजे ‘लन्च’ गर्छु ।  स्याउ, सुन्तला, केरालगायतका फलफूल प्रशस्तै खान्छु । हप्तामा ४–५ दिन जिम नै गएर एक्सरसाइज गर्ने गरेको छु । 

आफूलाई फिट राख्न जिम नै जानुपर्छ भन्ने होइन । तपाईं घरमै बसेर पनि फिट रहन सक्नुहुन्छ । तपाईंले होम वर्कआउट गर्दा पनि हुन्छ । विशेष गरी खानपानमा ध्यान दिनुपर्छ । 

कोभिडबाट संक्रमित हुँदा पनि मैले व्यायाम छाडिनँ । यतिवेला घरमै अभ्यास गर्थें । डान्स पनि गर्थें । त्यसैले मलाई कोरोनाले त्यति गाह्रो पनि बनाएन ।  शरीरलाई भाइरससँग लड्न व्यायामले सहयोग गर्ने रहेछ । तपाईंले समय मिलाएर नियमित जिम सेन्टर गएर वा घरमै बसेर पनि एक्सरसाइज गर्नु आवश्यक छ ।