१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:o३:oo

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएको हो। सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरूलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी गराइन्।

बैठकले रेल पूर्वाधार आयोजनाअन्तर्गत जनकपुर–जयनगर र जनकपुर–कुर्था–बर्दिबास–निजगढ खण्डको स्थलगत अवलोकन भ्रमण प्रतिवेदन पनि पेस गरी सुझावसहित पारित गरेको छ। समितिकी सभापति खड्का नेतृत्वको संसदीय भ्रमण टोलीले यही भदौ ५, ६ र ७ गते स्थलगत अवलोकन गरी प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनमा रेल सञ्चालनका लागि आवश्यक जनशक्ति एवं सुरक्षाका लागि खटिने सुरक्षाकर्मीको दीर्घकालीन व्यवस्थापन गर्ने स्पष्ट कार्ययोजना तत्काल अघि बढाउन पनि सरकारलाई निर्देश गरिएको छ।

समितिले सरकारलाई आफ्नै वासिङ सेन्टर, वर्कसप र फ्युल स्टेसन स्थापना गर्ने कार्य उच्च प्राथमिकताका साथ अघि बढाउन भनेको छ।

ad
ad