Skip This
वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o७९ भदौ २६ आइतबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार १२:४६:oo

वीरगन्ज महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ। महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुवात गरेको हो।

नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जवासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई  ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालनमा ल्याएको बताए। उनका अनुसार कार्यक्रमअन्तर्गत महिला, वृद्धवृद्धा, युवाका सबैखाले रोगको परीक्षण गरिनेछ। नगर प्रमुख सिंहले खुल्ला रूपमा कार्यक्रममार्फत स्वास्थ्य परीक्षण गराउन स्थानीयबासीलाई आग्रह गरे। 

कार्यक्रममार्फत ९८ किसिमको औषधिसमेत वितरण हुने स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले जानकारी दिए। उनका अनुसार महानगरपालिकाको मोबाइल सेवा ल्याबबाट विभिन्न किसिमको रोगको परीक्षणसँगै निःशुल्क औषधि वितरण गर्न थालिएको छ।

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मार्फत आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म चेकजाँच हुनेछ। कार्यक्रममा वीरगन्ज महानगरपालिकाको चिकित्सक र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। वडा नम्बर ३० का अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारीलगायत सहभागी भएका थिए।