१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २५ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २५ शनिबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनकाेप्स समिट सकेर आइजिपीद्वय स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २५ शनिबार २o:o८:oo

नेपाल प्रहरीका आइजिपी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल संयुक्त राष्ट्र संघको युनाइटेड नेसन्स चिफ समिट(अनकोप्स) सकेर स्वदेश फर्केका छन्। 

उनीहरू गत साता अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा भएको समिटमा भाग लिन सहभागी भएका थिए । समिट तीन दिनसम्म चलेको थियो। स्वदेश फिर्तापछि आइजिपी सिंहले राष्ट्र संघका महासचिवबाट जारी साझा एजेन्डा र ‘ए–४ पी र ए–४ पी प्ल्स(एजेन्डा एक्सन फर पिस किपिङ)’ कार्यान्वयनका सन्दर्भमा विशेष छलफल भएको बताए।

समिटमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए। उनले भने, ‘अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट भयो। यस क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको पाएँ। समिटको क्रममा भएका औपचारिक एवं अनौपचारिक छलफलसमेत निकै फलदायी भएको मेरो बुझाइ छ।’

कार्यक्रमका क्रममा उनीहरूले राष्ट्र संघअन्तर्गत डिपार्टमेन्ट अफ पिस अपरेसनका पदाधिकारीसँग भेटवार्ता गरेका थिए। भेटपछि उनीहरू शान्ति मिसनमा महिलाको सहभागिता बढाउन राजी भएकाे आइजिपी सिंहले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको शान्ति मिसन ‘एफपियू’अन्तर्गत ‘प्रि-डेप्लोइमेन्ट भिजिट’ र ‘एसेसमेन्ट एडभाइजरी भिजिट’का लागि राष्ट्र संघको टोली आगामी अक्टोबरमा नेपाल आउनेछन्। त्यसबाहेक शान्ति मिसनमा नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकको लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा शान्ति मिसनसम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरू सञ्चालन गर्न उनीहरू राजी भएको आइजिपी सिंहको भनाइ छ।