१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्य : दल खोल्नु नाङ्लो पसल खोलेजस्तो होइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o५:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देश विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रविन्द्र मिश्रप्रति इंगित गर्दै यस्तो बताएका हुन्।

'नयाँ दलहरु के भन्छन् भने–पुरानाले गर्न सकेनन्, अब हामी आउँछौं,' नेता सिंहले भने, 'आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक/दुई वर्ष टिकाउन सक्दैनन् भने काम गरेर देखाउन सक्लान् ? क्षमता होला ?' राजनीतिक दल खोल्न्नु नाङ्लो पसल राख्नुजस्तो नभएको भन्दै उनले नयाँ दल खोलेर  परिवर्तन गर्छु भन्नेको हालत के छ भन्दै प्रश्न गरे। पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुलाई नै योग्यतको प्रमाण मान्न नसकिने नेता सिंहले प्रष्ट पारेका छन्।

अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्ता अमूर्त कुरा गरेर नहुने बताए। आलोचना गर्नेभन्दा पनि भ्रष्टाचार गर्नेको नाम तोकेर बोल्नसक्नुपर्ने उनको धारणा छ। स्वच्छ र भ्रष्ट व्यक्तिलाई एउटै कोटीमा राखेर मूल्यांकन गर्दा समाजमा राम्रो गर्नेहरु पनि निरुत्साहित हुने भन्दै नेता सिंहले व्यवस्थामा रहेको कमजोरी सच्याउन राम्रो मान्छेलाई मौका दिनुपर्ने बताए।

काठमाडौं १ का सांसदसमेत रहेका उनले बुद्धि भएका र काम गर्नसक्ने जनशक्ति विदेशिनबाट रोक्नुपर्नेमा जोड दिए। केपी ओली नेतृत्वको सरकारका गलत कदमका कारण संघीयतामाथि प्रश्न उठेको भन्दै उनले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउ कांग्रेसले गठबन्धन बनाएको उनको जिकिर छ। उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रहसमेत गरेका छन्।

ad
ad