१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस बागलुङ
२o८१ बैशाख १९ बुधबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नम्रताले

Read Time : > 1 मिनेट
रासस, बागलुङ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४९:oo

बाग्लुङको निसीखोला गाउँपालिका– ५ निसेलढोरकी नम्रता विकलाई बुधबार बिहानैदेखि सुत्केरी बेथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । बेथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झन्डै एक दिन लाग्छ । 

आफन्तले ढोरपाटन नगरपालिका– ९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढामगर विकको घर पुगिन् । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाइन्। भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किए । 

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् ।  उनले विकको बाटोमै सामान्य उपचार गरिन्  र ढोरपाटन ल्याइन् ।  

अनमी बुढामगर भन्छिन्, ‘विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छटपटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाएँ । मृत बच्चा जन्माइन्,  रगत धेरै बगिसकेको थियो, स्लाइनपानी दिएर ढोरपाटन ल्याएँ । अहिले त्यहीँ उपचार भइरहेको छ ।’

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन् । ‘दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्,’ उनले भनिन्, ‘धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।’ विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउँछन् । अहिले उनको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।  

बाग्लुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरिरहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउँछन् । 

ad
ad