१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७९ भदौ २१ मंगलबार १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालत परिसरमै कैदीमाथि प्रहरीले गरे कुटपिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १९:o१:oo

जिल्ला अदालत महोत्तरी परिसरमा गोलघरमा बस्ने विषयमा विवाद भएपछि एक प्रहरी हवलदारले कैदी कुटपिट गरेका छन्। गोलघरमा कैदी र प्रहरीसमेत बसेकोमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हवलदार दीपेन्द्र ठाकुरले कैदी संजयकुमार शाहलाई कुटपिट गरेका हुन्।

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरी असइ थमन विकको हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेका जलेश्वर- २ निवासी संजय शाहलाई प्रहरी हवलदार ठाकुरले आफूसमेत बस्ने भनेर पर सर्न भनेकोमा ठाउँ नभएको भन्दै सर्न असमर्थता देखाएपछि हवलदार ठाकुरले अश्लील शब्द प्रयोग गर्दै गाली गरेको संजयले बताएका छन्।

घटनापछि आफूले किन गाली गरेको भनेपछि हवलदार ठाकुरले आफूलाई एक झापड हानेको बताए।  तर, कारागारबाट उनीसहित २२ जना कैदी अदालत परिसरभित्रको गोलघरमा रहेकोमा कैदीहरूले होहल्ला सुरु गरेको शाहको भनाइ छ। यता कारागारबाट जेलरसहितको टोली पुगेर कैदीहरूलाई फिर्ता ल्याएको जलेश्वर कारागारका जेलर रामचन्द्र शाहले बताए। उनले कैदीहरूसँग झगडा भएको तर कुटपिटबारे आफू अनभिज्ञ रहेको बताए। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले आफूले घटनाको छानबिन सुरु गरेको बताए।