मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २१ मंगलबार १०:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

टिकटकबाटै विश्वविख्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २१ मंगलबार १०:०२:००

सेनेगलमा जन्मिएर इटालीमा हुर्किएका खाबी लामसँग  टिकटकमा सर्वाधिक १४ करोड ९२ लाखभन्दा बढी फलोअर्स छन् । उनले गत जुनमा डी एमिलियोलाई पछि पार्दै टिकटकमा सर्वाधिक फलोअर कमाउने कीर्तिमान बनाए ।

उनले टिकटक चलाउन थालेको दुई वर्ष मात्रै भएको छ । त्यसअघि उनी इटलीको चिभास्सोस्थित कारखानाका एक सामान्य मजदुर थिए । कोरोना भाइरसबाट सिर्जित लकडाउनपछि लामले जागिर गुमाए । त्यसपछि लगातार टिकटकमा भिडियो पोस्ट गर्दै उनी यस प्लेटफर्मका सर्वाधिक चर्चित व्यक्ति बन्न सफल भए ।

टिकटकमा त्यस्ता धेरै भिडियो भाइरल छन्, जहाँ मानिसले दैनिक जीवनका गतिविधिलाई अनावश्यक रूपमा कठिन देखाउने र त्यसको समाधान गर्न विभिन्न ट्रिक लगाउने गरेका छन् । लामले त्यस्ता भिडियोमाथि व्यंग्य गर्ने गर्छन् ।

उनको भिडियोमा आवाज सुनिदैन, अभिनय मात्रै देखिन्छ । साधारण कामलाई सामान्य ढंगले नै गर्न सकिन्छ भने किन अनावश्यक दिमाग लगाउने ? उनले आफ्ना भिडियोमार्फत यस्तो सन्देश दिने गरेका छन् ।

त्यही कारण पनि उनी आममानिसमाझ छोटो समयमै अति लोकप्रिय भए । टिकटकको आन्तरिक आँकडाअनुसार उनका कुल दर्शकमध्ये अमेरिकामा १० प्रतिशत, ब्राजिलमा नौ प्रतिशत र मेक्सिकोमा सात प्रतिशत छन् ।