१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टर । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २० सोमबार २३:४७:००
Read Time : < 1 मिनेट
समाचार

बालेनको अभियानमा फेरि अदालतको ‘स्टेअर्डर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २० सोमबार २३:४७:००

अनधिकृत रूपमा सञ्चालन भइरहेका डिजिटल होर्डिङ बोर्डहरू हटाउने काठमाडौं महानगरपालिकाको अभियानमा अदालतको आदेश पुनः बाधक बनेको छ । 

उच्च अदालत पाटनले सोमबार वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरकालीन अन्तरिम आदेश दिएको छ । 

आफूसँग गरेको सम्झौताविपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय बदर गर्न माग गर्दै शकुन्तलाल हिराचन उच्च अदालत पाटन गएका थिए ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले इजलासले बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बुधबार दुवै पक्षलाई उपस्थित हुन इजलासले भनेको छ ।

महानगरको मेयर बालेन्द्र साहले यसअघि नर्भिक अस्पतालमा बनाइएको अवैध संरचना हटाउन खोज्दा सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।