१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २० सोमबार २o:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केन्यासँगको शृंखलामा नेपालको क्लिन स्विप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार २o:o३:oo

केन्यासँगको तीन एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्लिन स्विप गरेको छ। आज भएको अन्तिम एकदिवसीय क्रिकेट म्याचमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखला क्लिन स्विप गरेको हो।

जितका लागि पाएको २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपाललाई जिताउन ओपनरद्वय आसिफ शेख र अर्जुन साउद तथा मध्यक्रममा ब्याटिङ गर्न आएका अलराउन्डर बसिर अहमदले अर्धशतकीय इनिङ खेले। 

आफ्नो तेस्रो एकदिवसीय म्याचमा अर्जुनले दोस्रो अर्धशतक बनाउने क्रममा ५८ रन बनाए। सुरुदेखि सम्हालिएर विकेटको एक साइडमा डटेका अर्जुन अर्धशतक बनाएपछि ठूलो सट खेल्ने क्रममा बाउन्ड्री लाइनमा क्याचआउट भए। 

आसिफले पनि प्रतियोगितामा आज पनि आफ्नो उत्कृष्ट फर्म कायम राखे। पहिलो म्याचमा सानदार शतक बनाएका आसिफले चोटका कारण दोस्रो म्याच गुमाएका थिए। तर, पुनरावलोकनलाई उत्कृष्ट बनाउँदै उनले केवल ४२ बलमा ५६ रन बनाए। 

बसिर ५२ रनमा नटआउट रहे। उनलाई कप्तान रोहित पौडेलले पनि नटआउट रहँदै साथ दिए। रोहितले ४६ रन बनाए। यस्तै, ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ। केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए। लुकास डन्डासन ५९ रनमा नटआउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए। 

नेपालका लागि सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए। तीन एकदिवसीय श्रृंखलाको पहिलो र दोस्रो म्याचमा पनि नेपाल सहजै विजयी भएको थियो। यसअघि भएको पाँँच टी–२० म्याचको श्रृंखला पनि नेपालले ३–२ ले जित्यो।