मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २० सोमबार १९:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङकाे तल्लो क्षेत्रका किसानलाई स्याउ टिप्न चटारो

Read Time : < 1 मिनेट
२०७९ भदौ २० सोमबार १९:४९:००

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रका किसानलाई स्याउ टिप्न चटारो छ।  नासोँ गाउँपालिका- ८ ताचैका सोलबहादुर गुरुङका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याई छ। भदौ लागेसँगै उनको परिवार बिहानैदेखि बगैँचामै स्याउ टिप्न व्यस्त हुन्छन्। उनको बारीमा गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ फलेका छन्। 

किसानका अनुसार तल्लो क्षेत्रका नासोँ गाउँपालिका- २ ताचै, ४ ओडार, ७ तिल्चे, ९ दानक्युलगायत क्षेत्रमा स्याउ खेती गरिएको छ। ती क्षेत्रमा पनि स्याउ टिप्न सुरु भएको छ। मनाङको तल्लो क्षेत्रका किसानले पनि इटालीबाट बिरुवा ल्याएर ४ वटै जातको स्याउलाई हाइडेन्सिटी प्रविधिमा लगाइएका छन्।