मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २० सोमबार
  • Monday, 15 September, 2025
२o७९ भदौ २० सोमबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेसँग चुनावी तालमेल हुन्छ तर गठबन्धन गरेर जाँदैनौँ : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २० सोमबार १८:५७:oo

४ मंसिरमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेसँग गठनको कुरा चलिरहेका वेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्। उनले आधारभूत रूपमा कसैसँग गठबन्धन नहुने बताउँदै केही ठाउँमा तालमेल गरेर निर्वाचनमा जाने उनको भनाइ छ। 

बर्दियाको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताअनुसार जिल्ला तहमा तालमेल गरेर जाने नीति लिएको स्पष्ट पारे। 

‘राष्ट्रियताका सवालमा नेकपा एमाले र राप्रपाको मुद्दा मिलेकोले केही नजिक देखिएको छ। एमालेसँग केही ठाउँमा चुनावी तालमेल हुन्छ तर गठबन्धन गरेर चुनावमा जाँदैनौँ,’ उनले भने। 

बाँके क्षेत्र नं. २ मा राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई जिताउन एमालेसँगको छलफलका बारेमा सोधिएको जिज्ञासामा उनले छलफल सकारात्मक भए पनि सहमति भइनसकेको बताए। ‘पार्टीका पदाधिकारी, वरिष्ठ नेताहरू उठ्ने सिटहरू त यसै पनि सुरक्षित हुन्छन्। यो विषयमा मैले भन्दा पनि तपाईंहरू (पत्रकार) ले अनुमान लगाइसक्नुभयो होला,’ उनले भने।