जिम सुरु गर्नभन्दा ५ मिनेट, १० मिनेट पहिले वा दुई घन्टा पहिले, कति वेला पानी पिउने भन्ने कुनै खास नियम छैन । तपाईंले व्यायाम गर्न जानुअघि पनि पानी पिउन सक्नुहुन्छ, व्यायामका दौरान ब्रेक लिएर र व्यायामपछि पनि पिउन सक्नुहुन्छ । तर, व्यायाम गर्दा तपाईंको शरीर हाइड्रेट हुन भने जरुरी छ । त्यसका लागि प्रशस्त पानी पिउन जरुरी छ ।
उभिएर पानी पिउँदा हाम्रो पेटको लाइनिङमा सीधा पानी पुग्छ । जसलाई हामी इन्टरनल भल्भ भन्छौँ । हामीले उभिएर पानी पिउँदा त्यो डिस्टर्ब हुन सक्छ । जसकारण, हाम्रो पेटमा रहेका अन्य अंग पनि खराब हुन्छन् । यही गल्ती बारम्बार दोहोर्यायौँ भने किड्नी फिल्टर गर्ने हाम्रो पानीको क्षमता बिस्तारै कम भएर जान्छ । त्यसैले पानी सधैँ बसेर पिउनुपर्छ ।
खाना खानुअघि पानी खाने वा खाइसकेपछि खाने भन्ने विषयमा पनि धेरैका धेरैखाले कुरा आउँछन् । खासमा यदि हामीले खाना खानुभन्दा लगत्तै अघि पानी खायौँ भने हाम्रो शरीरमा रहेका डाइजेस्टिभ इन्जाइमहरू (जो हाम्रो पेटमा हुन्छन् र पानी बनेर मुखमा आउँछ) खाना खानुअघि वा खाना खाइरहको समयमा पानी पिइयो भने उसको क्षमता कम भएर जान्छ । खाना खाइसकेपछि पनि कम्तीमा दुई घन्टा पानी पिउन हुँदैन ।