Skip This
अर्थ ज्ञान : धितोपत्र भन्नाले के बुझिन्छ ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १९ आइतबार o९:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ ज्ञान : धितोपत्र भन्नाले के बुझिन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार o९:३१:oo

सरकार तथा कम्पनीहरूले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) द्वारा निष्कासन तथा बिक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषको एकांकलगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्स्चेन्ज) मा खरिद–बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद–बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन् भनी परिभाषित गरेको छ । 

नेपालमा पहिलोपटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलोपटक ऋण निष्कासन गरेको थियो । निजी क्षेत्रबाट भने ०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरूमध्ये हिमालयन बैंकले ०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।  – नेपाल स्टक एक्स्चेन्ज (नेप्से)