१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Sunday, 06 July, 2025
२o७९ भदौ १८ शनिबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९३५ जनाले लिए निःशुल्क स्वास्थ्य शिविरबाट सेवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १८:५२:oo

भरतपुरमा सञ्चालित एकदिने शिविरबाट नौ सय ३५ जना लाभान्वित भएका छन्। गीतानगर लायन्स क्लब, भरतपुर महानगरपालिका वडा नम्बर १३, चितवन हर्नबिल लायन्स क्लब र गीतानगर लियो क्लबको संयुक्त आयोजनामा सञ्चालित शिविरमा शनिबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो। 

काठमाडौं मेडिकल कलेज काठमाडौंको प्राविधिक संयोगमा भरतपुर १३ को उज्ज्वल चोकमा सम्पन्न शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए। 

‘आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालको दुरी टाढा हुँदा समस्या भएकाहरूले सेवा लिएका थिए। गीतानगर लायन्स क्लबका अध्यक्ष देभेन लोहनीका अनुसार शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा, छाला रोग, नाक, कान, घाँटी, आँखा, दन्त र पाठेघर रोगसम्बन्धी सेवा दिएको थियो।