१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुर- १ मा राप्रपा नेपालबाट कमल थापा सर्वसम्मत उम्मेदवार सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:२२:oo

राप्रपा नेपाल मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।

शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए। जिल्लाको २ नम्बर संघीय क्षेत्र तथा प्रदेश सभा क्षेत्रमा भने अर्को बैठकबाट नाम सिफारिस गरिने बताइएको छ।

ad
ad