१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०८:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ दसैँ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार ०८:५८:००

दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वको अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने नारासहित दसैँ अफर सार्वजनिक गरेको हो । 

योजनाअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एकजनालाई सामसङ मोबाइल उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने जनाइएको छ । अफर अवधिको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ बम्पर उपहार प्रदान गरिने उल्लेख छ । 

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यो अफर भदौ १६ देखि कात्तिक १६ सम्म कुल नौ हप्ता अर्थात् ६३ दिन कायम हुने जनाइएको छ । अफर सार्वजनिक गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनाकालदेखि नै यस्ता अफर ल्याउँदै आएको बताए । यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने उनको भनाइ थियो ।

देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रस्ट भएको भन्दै उनले विदेशबाट आउने रेमिट्यान्स बढाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरको आवश्यकता पर्ने उनको भनाइ थियो ।