मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १५ सोमबार
  • Monday, 29 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १४ मंगलबार १७:३०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १४ मंगलबार १७:३०:००

केन्यासँगको पाँचौँ म्याचमा नेपालले १७६ रनको लक्ष्य दिएको छ। पाँच टी–२० म्याचको श्रृंखलाको अन्तिम म्याचमा नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनायो। 

आजको खेलमा नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे। ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले ५९ रन बनाए। जारी श्रृंखलामा नेपालको तर्फबाट उनले मात्रै एक अर्धशतक पूरा गरे। 

ज्ञानेन्द्रपछि उपकप्तान रोहित पौडेलले सबैभन्दा बढी ४७ रनको योगदान दिए। उनी अर्धशतक बनाउनबाट तीन रनले चुके। यस्तै, ओपनिङमै आएका अर्जुन साउदले २९, दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । आजको खेलमा आदिल र पवन सर्राफ चल्न सकेनन्। आदिल ४, विवेककुमार यादव २, पवन १ रनमा आउट भए।