१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जरको रंगोत्सव  ग्राहक सेवा योजना सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५३:oo

बर्जर पेन्ट्स नेपालले यो वर्षको चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्याएको छ । १ भदौबाट १० मंसिरसम्म लागू हुने योजनामा आउँदै गरेका दसैँ–तिहारका साथै फिफा विश्वकपलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । 

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्ट्स नेपालले लक्की ड्रमार्फत एक सय ५० भन्दा धेरै घरधनीहरूले नगद तथा जिन्सी पुरस्कारहरू दिनेछ ।  
बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर सत्य प्रकाशले भने, ‘हामीले चाडपर्वको उल्लाससँगै फुटबल जोसलाई जगाउने लक्ष्य राखेका छौँ । हामीले उत्साहजनक अफरहरू र आकर्षक पुरस्कारहरू उत्सवलाई दोब्बर पार्न ल्याएका छौँ ।’

बर्जको प्रिमियम उत्पादनहरू वेदरकोट लंगलाइफ, वेदरकोट अल गार्ड, सिल्क ब्रिज इजी, सिल्क ल्यामर र सिल्क लक्जरी इमल्सनमा योजनामा लागू गरिएको छ । योजनाअन्तर्गत बर्जर पेन्ट्सको छनोट रेन्जबाट न्यूनतम ५० हजारको पेन्ट्स किन्दा सय वर्गफिटबराबरको सिल्क इलुजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिनेछ । 

एक भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत सोनी ७५ इन्चको एलइडी टिभी जित्ने अवसर पाउनेछ । दुईजनाले सामसङको तीन सय ४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्नेछन् । त्यस्तै, १० जनाले सामसङको ७.२ किलोको वासिङ मेसिन, २० जनाले सामसङकै ए ०३७ मोबाइल फोन र ७५ जना विजेताले एक्युफिट स्मार्ट वाच जित्ने कम्पनीले जनाएको छ । 

ad
ad