मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ भदौ ११ शनिबार १९:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो साता कोभिड-१९ संक्रमण घट्दो

Read Time : < 1 मिनेट
२०७९ भदौ ११ शनिबार १९:०९:००

यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।  यो महिनामा सबैभन्दा बढी संक्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन आठ सय ५२ संक्रमित भेटिएका थिए। त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ संक्रमित फेला परेका थिए।

भदौ ७ गतेपछि भने संक्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ। प्राप्त विवरणअनुसार भदौ ७ गते छ सय ३४, ८ गते चार सय ८७, ९ गते चार सय ४४ र १० गते तीन सय २४ मा संक्रमण देखिएकामा आज संक्रमण घटेर एक सय ७३ मा झरेको छ। 

पछिलो २४ घण्टामा निको भएर घर गएका बिरामीको संख्या तीन सय ९६ रहेको छ। मन्त्रालयका अनुसार आज ४७ हजार एक सय ५२ ले खोप लगाएका छन्। आज कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या तीन हजार छ सय १२ रहेको छ।

निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको छ। हालसम्म ११ हजार नौ सय ९९ को मृत्यु भएको छ। अहिलेसम्म पिसिआर परीक्षणमा नौ लाख ९६ हजार छ सय ७० र एन्टिजेन परीक्षणमा एक लाख ५० हजार तीन सय ३२ मा संक्रमण पुष्टि भएको छ।