१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १० शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिले माग्यो जबराविरुद्धका प्रमाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार १२:२३:oo

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धका प्रमाण माग गरेको छ। समितिले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी सरोकार राख्ने सम्पूर्ण व्यक्ति वा निकायबाट जबराविरुद्धका प्रमाण माग गरेको हो।

‘प्रतिनिधिसभाबाट गठित महाभियोग सिफारिस समितिको भदौ ८ को बैठकले महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

जबराविरुद्ध ०७८ फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिको गत बुधबार बसेको बैठकले १५ भदौमा जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियाे।

यो पनि : महाभियोग प्रस्तावमाथि ‘फास्ट्र ट्रयाक’ छानबिन