१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई केन्याले दियो १३१ रनको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५६:oo

केन्यासँगको पहिलो टी–२० क्रिकेट म्याच चलिरहेकोले नेपालले जितका लागि १३१ रनको लक्ष्य पाएको छ। पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएपछि नेपालले १३१ रनको लक्ष्य पाएको हो। 

नेपालले टस जितेर बलिङ रोजेको थियो। कसिलो बलिङ गरेको नेपालले अन्तिम ओभरमा १४ रन दिएपछि केन्याले १३० रन बनाएको हो। अन्तिम ओभर बलिङ गरेका करनले दुई चौका र एक छक्का दिए। 

नेपालको तर्फबाट सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा मोहम्मद आदिल आलमले एक विकेट लिए। केन्याका एक खेलाडी रनआउट भए।  

केन्याले दोस्रो ओभरमा विकेट गुमाएको थियो। करन केसीसँग ओपनिङ बलिङमा आएका सोमपाल कामीले आफ्नो पहिलो ओभरको अन्तिम बलमा आक्रामक ब्याटर ओवान्डालाई बोल्ड आउट गरेपछि नेपालले पहिलो विकेट लिएको थियो। निकै लामो समयपछि केन्याली राष्ट्रिय टिममा फर्किएका रुवान्डाले त्यसअघि सोमपाललाई छक्का प्रहार गरेका थिए। 

केन्याको दोस्रो विकेट छैटौँ ओभरमा गुमाएको थियो। सोमपालको स्थानमा बलिङ गर्न आएका मोहम्मद आदिल आलमले पाँचौँ बलमा १६ रन बनाएका ओबुयालाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए। त्यसअघि आदिलले पाँच बलमा १३ रन दिएका थिए। 

आठौँ ओभरमा बलिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले दोस्रो बलमै विकेट लिए। उनले राकिव पटिललाई शून्यमै एलबिडब्लू आउट गराए। त्यसपछि १५औँ ओभरमा मात्र केन्याको विकेट खस्यो। दीपेन्द्रसिंह ऐरीले इरफान नेल्सनलाई १६ रनमा आउट गरे। 

१६औँ मिनेटमा विकेट सन्दीपले ३७ रन बनाएका इरफान करिमलाई कट एन्ड बोल्ड गरे। करिमको निकै कडा प्रहारमा क्याच लिने क्रममा सन्दीप केही चोटग्रस्त भएका थिए। 

१९औँ ओभरमा सोमपालले १७ रन बनाएका सचिनलाई कप्तान सन्दीपको हातबाट क्याच गराए। सोमपालले नै लगत्तैको बलमा एनगोचेलाई शून्यको स्कोरमा पेबेलियन पठाए । त्यसक्रममा दीपेन्द्रसिंह ऐरीले क्याच लिएका थिए। अन्तिम ओभरमा केन्याका लुकास रनआउट भए। उनले आउट हुनुपूर्व ३० रन बनाए। 

ad
ad