प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।
अब १३ भदौको बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । एमालेले आजदेखि १२ भदौसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेकाले सो समयसम्म प्रतिनिधिसभाको बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको थियो ।
सोही आग्रहअनुसार बैठक स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक स्थगितको सूचना जारी गर्नुअघि आजै बसेको प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, ०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गरे ।