बाजुराको सदरमुकाम मार्तडीबाट नेपाल कम्युनिस्ट पार्टीका नौ बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउन हिँडेका सोही पार्टीका जिल्ला सचिव भूपेन्द्र विक, केन्द्रीय सदस्य मानबहादुर रावत र जिल्ला सदस्य सुक नेपालीसहित नाै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अप्रिय घटना नहोस् भनेर बाजुरामा प्रशासनले सुरक्षा कडाइ गरेको छ । बाक्लो सवारी नचलेपछि छिटफुट रूपमा सवारीसाधन सञ्चालन भएका छन् ।