मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ७ मंगलबार ०८:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल खेलकुद महासंघको महाधिवेशन फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ७ मंगलबार ०८:४३:००

नेकपा एमालेआबद्ध खेलकुद क्षेत्रको जनसंगठन नेपाल खेलकुद महासंघले आगामी ७, ८ र ९ फागुनमा संगठनको दोस्रो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । दोस्रो विस्तारित बैठकले दोस्रो राष्ट्रिय महाधिवेशन प्रदेश १ को विराटनगरमा आयोजना गर्ने निर्णय गरेको महासंघका प्रचार विभाग प्रमुख तथा प्रवक्ता तीर्थबहादुर खड्काले जानकारी दिए ।

विस्तारित बैठकबाटै महासंघ पुनर्गठित भएको छ । जसअनुसार २ सय १६ सदस्यीय केन्द्रीय कमिटीमा ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय सचिवालय गठन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्काले जानकारी दिए । यस्तै, महासंघले सातओटै प्रदेशमा कम्तीमा वर्षमा एक खेलकुद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

आसन्न प्रदेश र संघीय निर्वाचनमा एमालेले निर्माण गर्ने घोषणापत्रमा खेल क्षेत्रको नीति कार्यक्रमसम्बन्धमा सुझाव पेस गर्न ओमकृष्ण प्रसाईंको संयोजकत्वमा सुझाव संकलन कमिटी गठन गरेको छ । महासंघले निर्वाचन परिचालनका लागि महासंघका संयोजक कृष्ण बस्नेत (पर्शुराम)को संयोजकत्वमा ९ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरेको छ ।