१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

रंगमञ्चका कुरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२८:oo

रंगमञ्चलाई नै निरन्तरता दिन्छु
सुलक्षण भारती रंगकर्मी

हामी जीवन बाँच्ने मेसोका लागि काम गरिहेका हुन्छौँ । हरेक मान्छेले केही न केही गरिरहेका हुन्छन् । मैले नाटक सिकेँ । मलाई आनन्द आइरहेको छ । मेरो समय मज्जाले बितिरहेको छ । रंगमञ्चमा जीवन काट्ने मेसो भइरहेको छ । मेरो ज्ञान नाटकतिर बढ्दै गइरहेको छ । जीवनमा सफल वा असफल महत्व राख्दिनँ । मैले १७ वर्ष नाटकमा काम गरेँ । अझै पनि यही क्षेत्रमा काम गर्ने मन छ । नाटकमा सँगै काम गरेकाहरू सिनेमामा जमेका छन् । उनीहरूलाई सफल भन्ने वा असफल भन्ने ? सिनेमामै गएकाले उनीहरू चर्चित बने । नामको कुरा गर्ने हो भने रंगमञ्चभित्र मलाई सबैले चिन्छन् । देशभर थोरैले चिन्लान् । मैले रंगकर्म गरिरहेको छु । जुन दिनसम्म काम गरिहेको हुन्छु, त्यही दिनसम्म सफलै छु जस्तो लाग्छ । म असफल हुन पनि तयार छु ।  

कभर सिंगर  हुँदै फिल्ममा 
 १७ भदौबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ सोनाम तोप्देनको डेब्यु फिल्म हो । यस फिल्ममा खेल्नुअघि उनी कभर सिंगरका रूपमा चर्चित थिए । उनले बनाएका धेरै कभर भिडियो युट्युबमा चर्चित छन् ।फिल्ममा सोनामसँगै आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा छन् । झन्डै ९५ प्रतिशत सुटिङ लन्डनमा गरिएको यस फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।  

‘मानिसहरूले मलाई कम आँके’
बलिउड अभिनेता अर्जुन कपुरले भर्खरै मात्र दिएको अन्तर्वार्तामा आफूलाई दर्शकले कम आँकेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘मानिसहरूले मेरो अभिनयलाई कम आँक्छन् । मानिसहरूलाई लाग्छ कि म मेनस्ट्रिम फिल्ममा मात्रै अभिनय गर्न सक्छु ।’ उनी पछिल्लोपटक मोहित सुरीको फिल्म ‘एक विले रिटन्र्स’मा देखिएका थिए । यस फिल्ममा तारा सुतारिया, जोन अब्राहम र दिशा पटानी पनि मुख्य भूमिकामा थिए । अर्जुनको आगामी फिल्म ‘कुत्ते’मा कोन्कणा सेन शर्मा, नसिरुद्दिन शाह, राधिका मदान र तब्बुले पनि अभिनय गरेका छन् ।
 

ad
ad