१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Wednesday, 02 July, 2025
२o७९ भदौ ५ आइतबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२१ वर्षीय भेडेले फोरे एटिएम मेसिन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार २१:o५:oo

एटिएम मेसिन फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला पूर्वी नवलपरासी देवचुली नगरपालिका- ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ३० डुँडाको मुख बस्ने वर्ष २१ का भेडे भन्ने अनिश तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाका सम्बन्धमा जानकारी दिएको छ। प्रहरीले तामाङलाई नेपाल भारत सिमानानजिक बेलहिया रुपन्देहीबाट २ भदौमा पक्राउ गरी पोखरा ल्याएको कास्कीका प्रहरी प्रमुख रमेश केसीले जानकारी दिए। 

तामाङ ६/७ महिना अगाडिदेखि पोखरा ३० सिसुवास्थित एक हार्डवयर पसलमा काम गर्दै आएका थिए। घटना विवरणअनुसार पक्राउ परेका तामाङले केही मिनेटको फरकमा दुई बैंकको एटिएम फोर्ने प्रयास गरेका थिए। एउटा फोरेर पैसा निकाल्न सफल भएका थिए भने अर्को फोर्ने प्रयास गरेका थिए।