१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २१ शुक्रबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाजुरामा सय लिटर अवैध घरेलु मदिरा नष्ट 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:११:oo

बाजुरामा करिब एक दर्जन पसलबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ। सदरमुकाम मार्तडी बजार अनुगमन गर्ने क्रममा बडिमालिका नगरपालिका वडा नम्बर ८ र ९ मा रहेका होटेल र पसलहरूबाट एक सय लिटर अवैध घरेलु मदिरा फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पत्रकारहरूको संयुक्त अनुगमन टोलीले उक्त परिमाणमा अवैध मदिरा बरामद गरी नयाँ बसपार्कको छेउमा नष्ट गरेको हो।

प्रहरी कार्यालय बाजुराले समुदायमा मदिरा प्रयोगबाट हुने झैझगडामा कमी ल्याउन प्रहरी–समुदाय साझेदारीमार्फत अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए।

मार्तडीमा अवैध घरेलु मदिरा प्रशस्त रहेको आन्तरिक सूचनाका आधारमा अनुगमनलाई निरन्तरता दिइएको निरीक्षक बोगटीले बताए। सस्तो मूल्यमा पाइने अवैध घरेलु मदिराका कारण युवाहरूले समेत मद्यपान गर्न थालेको तथा झैझगडा बढेपछि यो अभियान सञ्चालन गरिएको हो।

ad
ad