मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Sunday, 13 July, 2025
२o७९ भदौ ५ आइतबार १o:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार १o:३o:oo

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा सात करोड १७ लाख बढी रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत डिलाराम सापकोटाले बताए ।

उनका अनुसार आयकर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । आयकरतर्फ १८ करोड ८० लाख १४ हजार राजस्व संकलनको लक्ष्य राखिएकोमा २४ करोड ३८ लाख ३९ हजार अर्थात् पाँच करोड ५८ लाख २५ हजारभन्दा बढी आयकर राजस्व संकलन भएको छ । 

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ १२ करोड ४८ लाख ९४ हजार संकलनको लक्ष्य राखिएकोमा १३ करोड ६३ लाख ४३ हजार अर्थात् एक करोड १४ लाख ४९ हजार रुपैयाँ बढी राजस्व उठेको छ । 

कार्यालयका अनुसार हालसम्म जुम्ला, कालिकोट र मुगुका गरी करदाता संख्या २५ हजारभन्दा बढी पुगेको छ । जसमा १३ हजार व्यवसायी प्यान दर्ता भएका छन् भने १२ हजार व्यक्तिगत प्यान दर्ता भएका छन् । 

चालू आवमा आन्तरिक राजस्व कार्यालय जुम्लाले ४७ करोड ५६ लाख आठ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पछिल्लो समय बढ्दै गएको करदाता शिक्षा, असुली सक्रियतालगायत कारणले राजस्व संकलन बढ्ने गरेको हो ।