नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी आजको बैठकमा पदाधिकारी चयन, आगामी निर्वाचनलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।
शुक्रबार बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएपछि बैठक आज पुनः बसेको हो। महाधिवेशन भएको लामो समय बिते पनि माओवादी केन्द्रले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन।