१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध ६७ थान खयरको काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o८:oo

 वन कार्यालय सिरहाले अवैध रुपमा कटान गरिएको खयरको काठ बरामद गरेको छ ।सिरहाको मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको समुदायक घुर्मी डाँडा वनको नर्सरीवाट अवैध रुपमा खयर र सिसाै जातका रूख कटान गरिएको थियो । 

स्थानीय वन कार्यालयको कर्मचारीकै मिलोमतोमा गत बिहीबार राती कटान गरिएको खयरको काठ स्थानीयले खोजतलाश गर्ने क्रममा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको मदन ठाकुरको लक्ष्मी नारायण स–मिलबाट ६७ थान खयरको काठ बरामद गरेको हो । 

स्थानीयको सहयोगमा डिभिजन वन कार्यालय लहानले अवैध कटान गरि स–मिलमा राखिएको खयरको काठ र स–मिल संचालक मदन ठाकुरलाई नियन्त्रणमा लिएको छ ।खयर जातको काठ अवैध रुपमा कटान गरि स–मिल सम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिएनन् ।

सब–डिभिजन वन कार्यालय चोहर्वाका सहायक वन अधिकृत भोला रायले बरामद गरिएको काठ र नियन्त्रणमा लिएको र स–मिल संचालकमाथि अनुसन्धान सुरु भएकाे बताए । 

ad
ad