१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दुबई
२०७९ भदौ ४ शनिबार ०७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारुसम्म

Read Time : < 1 मिनेट
दुबई
२०७९ भदौ ४ शनिबार ०७:५४:००

एसिया कप क्रिकेट २८ अगस्टबाट सुरु हुँदै छ । विश्व क्रिकेटमा दबदबा जमाएका अधिकांश मुलुक एसियामै छन् । एसिया कप क्रिकेटले एक किसिमको माहोल निकै तताउने गर्छ । अझ, राजनीतिकदेखि सीमासम्म हुने लडाइँले भारत र पाकिस्तानबीचको खेल सधैँ चर्चामा रहन्छ । त्यसैले पनि भारत–पाकिस्तानबीचको खेलमैदानमा गएर हेर्न दर्शकलाई निकै घुइँचो लाग्ने गर्छ ।

भारत र पाकिस्तानबीचको खेल हेर्न समर्थकहरू जस्तोसुकै रकम तिर्न तयार हुन्छन् । उनीहरू ब्ल्याकमा पनि टिकट किन्न पछि पर्दैनन् । एसियामा भारत र पाकिस्तानबीचको खेलको बिक्री सुरु भएको छ । टिकट बिक्री सुरु भएको तीन घन्टामै भारत र पाकिस्तानबीच खेलको टिकट सोल्ड भयो । टिकटको माग यति बढ्यो कि एक दर्शक भने पाँच लाखसम्म पनि प्रतिटिकट तिर्न तयार छन् । 

यो खेलको प्रारम्भिक मूल्य ५४ हजार भारु थियो । पहिलो दिन एक एक लाख २० हजार भारुसम्ममा पनि टिकट किनबेच भयो । टिकट पार्टनर ‘प्लेटिनम लिस्ट’ले यो कार्य अवैध भएको जनाएको छ । ‘कसैसँग दोस्रो माध्यमबाट किनिएको टिकट अमान्य भए मैदान प्रवेशमा रोकिनेछ । कति दर्शकले चार घन्टा लगाएर टिकट पाएको र यस्तो अवैध टिकट उपलब्ध हुनुनहुने बताउँदै आएका छन् । 

१५औँ एसियन कप ११ सेप्टेम्बरसम्म हुनेछ । हरेक दुई वर्षमा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आयोजना गर्ने प्रतियोगिता यसपटक श्रीलंकामा हुने तय थियो । श्रीलंकामा आर्थिक मन्दी र आन्दोलन बढ्न थालेपछि प्रतियोगिता दुबईमा सारिएको हो ।