Skip This
अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ३ शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १६:३४:oo

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा भएको कम्पनीको १४औँ वार्षिक साधारणसभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हो।

वार्षिक साधारणसभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पुँजी वृद्धिका लागि विशेष प्रस्ताव पेस गरे। उनले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रणबाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको जानकारी दिए।

घिसिङका अनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युतगृहबाट निस्कने पानीलाई करिब आठ किलोमिटर सुरुङमार्फत ९९ मेगावाट क्षमताको तामाकोसी पाँचौँ आयोजना निर्माण गर्ने प्राधिकरणको लक्ष्य रहेको छ। त्यसका लागि तामाकोसी जलविद्युत् सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको छ।