१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रमेश सुवेदी
२o८१ बैशाख ३० आइतबार o७:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पहिलो फुटबल कप्तानको अनुभव : मुढे बलमा खेलिन्थ्यो

Read Time : > 2 मिनेट
रमेश सुवेदी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:o९:oo

छैटौँ महिला साफ फुटबल च्याम्पियनसिप २१ भदौदेखि ३ असोजसम्म दशरथ रंगशालामा हुँदै छ । घरमै आयोजना हुन लागेको साफ च्याम्पियनसिपमा नेपालकी कप्तान रेणुका नगरकोटे भने मैदान देखिनेछैनन् । गत महिना उनी घाइते भएकी थिइन् । जसका कारण रेणुका टोलीबाट बाहिरिसकेकी छन् । कुमार थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीको कप्तान घोषणा भएको छैन । कार्यवाहक कप्तानीको जिम्मेवारी गर्दै आइरहेकी र सिनियरका आधारमा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा कप्तान बन्ने सम्भावना छ ।

साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा वर्तमान कप्तानको चर्चा गर्नुपर्ने आवश्यकता किन भयो भन्ने प्रश्न छ ? नेपाली महिला फुटबल टोलीलाई पहिलोपटक कसले कप्तानी गरेको भन्ने अर्को प्रश्न उठ्न सक्छ ? रमा सिंह नेपाली महिला टोलीकी पहिलो कप्तान हुन् । यो कमैलाई मात्र थाहा छ । ११ वर्ष अमेरिका बसाइपछि रमा अहिले जन्मभूमि नेपालमा छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘स्पोर्टस् डायलग’मा रमा पुनः नेपाली फुटबलप्रेमीसमक्ष देखिएकी छन् ।खेलाडी मात्र नभएर रमा नेपालकै एक चर्चित सञ्चारकर्मीसमेत हुन् । फुटबल करिअरपछि उनले नेपाल टेलिभिजनमा आफ्नो दोस्रो इनिङ थालिन् । रमासँगै फुटबल खेलेका सहकर्मी मीरा चौधरी, किरण राना र किरण बज्राचार्य अहिले नेपाल प्रहरी नायब महानिरीक्षक पदमा छन् ।

 दार्जिलिङसँगको पहिलो खेल
पुरुषमा झैँ महिला फुटबल टोलीको अन्तर्राष्ट्रिय यात्रा त्यति धेरै पुरानो छैन । महिला राष्ट्रिय टोलीले ०३८–३९ सालमा पहिलोपटक दार्जिलिङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालको टोलीलाई रमाले नेतृत्व गरेकी थिइन् । उनको कप्तानीमा पहिलोपटक नेपाली महिला राष्ट्रिय टोलीले दशरथ रंगशालामा दार्जिलिङलाई १–१ र २–१ ले निराश पा¥यो । यो मैत्रीपूर्ण खेल राजा वीरेन्द्रले शिक्षा दिवसको अवसरमा आयोजना गरेका थिए । लगभग ४० वर्षअघि दशरथ रंगशाला अहिलेको जस्तो थिएन । तर, एउटा समानता थियो । रंगशालामा खचाखच दर्शक भरिएका थिए ।

रमालाई त्यही हजारौँ दर्शकले समर्थन गरेको दिन झल्झली याद आउने रहेछ । ‘तत्कालीन एन्फा अध्यक्ष कमल थापाको समयमा पहिलो खेल भएको हो । विश्वमा झैँ नेपालमा समेत फुटबल एकदमै चर्चित थियो,’ रमा सम्झिन्छिन्, ‘दर्शकले रंगशाला खचाखच थिए, खुट्टा राख्ने स्थान पनि थिएन ।’ खासै प्राविधिक पक्ष ज्ञान नभएको नेपाली खेलाडीले मुढे बलमाध दार्जिलिङलाई हराएको उनी बताउँछिन्, ‘हामीलाई प्राविधिक ज्ञान खासै थिएन, तर मुढे बलमा खेल जितेका थियौँ,’ उनले भनिन् ।

टिभी कार्यक्रम छाडेर वीरगन्ज मैदानमा
०४२ तिर रमाले बागमतीबाट खेल्थिन् । त्यही समयमा रमालाई एउटा धर्मसंकट आयो । परिवारले पढाइ, टेलिभिजन र फुटबलमध्ये रोज्न रमालाई भन्यो । उनले टेलिभिजनलाई आफ्नो कर्मथलो बनाइन् । रमाको दिनचर्या टेलिभिजनमा रिपोर्टिङ र समाचार वाचनबाहेक अरू केही भइनन् । नेपाल टेलिभिजनका सम्पादक नीर शाहले उनलाई फुटबल खेल्न छुट दिएनन् । यसै समयमा वीरगन्जमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । बागमती सेमिफाइनलमा पुगेको अवस्थामा रमाले प्रतिस्पर्धा गर्ने प्रशिक्षक विनोद कर्माचार्यलाई प्रस्ताव राखेकी थिइन् । 

११ वर्ष अमेरिका बसाइपछि नेपाल फर्केकी नेपाली महिला फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहले ४० को दशकअघि महिला खेलाडीले प्राविधिकभन्दा मुढे बलमा फुटबल खेल्ने गरेको अनुभव सुनाइन् । 

नभन्दै बागमती फाइनलमा पुग्यो । रमाले फाइनल खेल्ने निर्णय गरिन् । रातिको ९ बजे टिभी समाचार सकेर रमा नागढुंगा पुगेर वीरगन्ज जाने अन्तिम बस समातिन् । बिहान ५ बजे वीरगन्जस्थित बागमतीका खेलाडी बसेको होटेलमा रमा पुगिन् । रमाकै गोलमा बागमती अञ्चलले तेस्रो राष्ट्रिय प्रतियोगितामा महिलातर्फ १–० को जित निकाल्दै स्वर्ण पदक जित्यो ।

 सुविधा बढेको छ
रमाले विगत र अहिलेको महिला फुटबलकबो अवस्थामा फरक आएको बताउँछिन् । उनले तत्कालीन समयमा पैसाका लागि भन्दा पनि देशको इज्जत र सम्मानका निमित्त फुटबल खेल्ने सुनाइन् । खेलाडीले पाउने ‘किट’ सुविधा निराशाजनक रहेको र अहिलेको अवस्था धेरै हदसम्म राम्रो भएको उनी स्वीकार गर्छिन् ।  ‘त्यो समय खेलको १२ घन्टाअघि ट्र्याकसुट उपलब्ध हुन्थ्यो,’ सुविधाको तुलना गर्दै उनले भनिन्, ‘हामीसँग बुट पनि त्यस्तै हुन्थ्यो, बुट पाए पनि साइज मिल्दैनथ्यो ।’ उनले अगामि योजना फुटबल विकाससँगै एन्फाभित्र प्रवेश गर्ने रहेको बताइन् । 

तीन खेलमा  १२ गोल
सन् १९८६ को १४ डिसेम्बरमा महिला टोलीले हङकङविरुद्ध अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल खेल्यो । हङकङमा नेपालले थाइल्यान्ड र इन्डोनेसियासँग पनि प्रतिस्पर्धा गर्‍यो । वास्तवमा महिला खेलाडीका लागि पहिलो अन्तर्राष्ट्रिय यात्रा गज्जबकै रह्यो । महिला खेलाडीले पहिलोपटक दुबोयुक्त मैदानको अनुभव गरे । यसअघि नेपाली खेलाडीले ढुंगा नै ढुंगा भएको मैदानमा अभ्यास गरेका थिए । एकैपटक हरियो दुबोको मैदानमा खेल्न निकै कठिन भएको तत्कालीन कप्तान रमा बताउँछिन् ।

नेपाल पहिलो खेलमा हङकङसँग १–०, थाइल्यान्डसँग ५–० र इन्डोनेसियासँग ६–० ले पराजित भयो । यो नतिजाले नेपाल समूह बीको पुछारमा रह्यो । पूरै खेलाडी एकैपटक घाँसे मैदानमा प्रतिस्पर्धा गरेकाले नेपालले समूह चरणमा १२ गोल खायो । ‘हामीले नेपालमा ढिस्को, ढुंगा नै ढुंगा भएको मैदानमा अभ्यास गरेका थियौँ ।

ad
ad