१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नयाँ पत्रिकाकर्मी सुवेदी पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:४४:oo

 नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । मञ्चले एनएसजेएफ पत्रकारिता अवार्ड मुकुन्द बोगटीलाई प्रदान गरेको छ । मञ्चको २८औँ स्थापना दिवसको अवसरमा बुधबार अग्रज खेल पत्रकार बोगटी र युवा खेल पत्रकार सुवेदीलाई सम्मान गरिएको हो । 

मञ्चले ०७१ देखि अग्रज र ०७६ बाट युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । सम्मानित भएका बोगटीलाई २५ हजार र युवा पत्रकार सुवेदीलाई एक थान ल्यापटप प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले उनीहरूलाई सम्मान गरेका थिए ।

बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । युवा पत्रकारबाट पुरस्कृत भएका सुवेदीले फुटबलको समर्थकका रूपमा खेलकुदमा प्रवेश गर्दा मञ्चबाट प्रोत्साहन प्राप्त भएको जनाए । अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँचजना सम्मानित भइसकेका छन् ।

 एनओसी अध्यक्ष श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मान राम्रो संस्कारको सुरुवात भएको धारणा राखे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गरे । 

ad
ad