१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०९:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

टिकटकले एक्सरसाइज गराउँछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०९:३८:००

किरण केसीसँग टिकटक संवाद

सुरुमा नातिनीले सिकाइन् । एउटा गीतमा टिकटक बनाएर अपलोड गरेँ । धेरैले मन पराइदिनुभयो । फलोअर्स पनि बढ्न थाल्यो । झन् बनाउन मन लाग्यो । अहिले त टिकटक नबनाई बस्न सक्दिनँ ।

काेरोना कालमा पुराना फिल्म र सामाजिक सञ्जालमा समाचार पढ्दा–पढ्दा दिक्क लाग्न थाल्यो । आफैँले अभियनय गरेको टेलिचलचित्रका छोटा भिडियो क्लिपहरू फेसबुकमा अपलोड गर्न थालेँ । त्यसलाई धेरैले मन पराउन थाले । मलाई टिकटक हेर्न मात्रै आउँथ्यो, बनाउन आउँदैथ्यो । कसरी खिच्ने ? म्युजिक कसरी तान्ने ?

यसबारे ज्ञान थिएन । सुरुमा नातिनीले सिकाइन् । एउटा गीतमा टिकटक बनाएर अपलोड गरेँ । धेरैले मन पराइदिनुभयो । फलोअर्स पनि बढ्न थाल्यो । झन् बनाउन मन लाग्यो । अहिले त टिकटक नबनाई बस्न सक्दिनँ ।

टिभीमा सीमित दर्शकले मात्रै हेर्न पाउनुहुन्थ्यो । अहिले कम्तीमा ८०–९० हजार जनाले मेरो टिकटक हेर्नुहुन्छ । त्यसैले पनि दर्शकमाझ हराएको महसुस भएको छैन । टिकटकमा प्रायः नृत्य गर्नुपर्ने भएकाले एक्सरसाइज हुने भयो । प्रविधिको उपयोग गर्न पनि पाइयो । एकै दिन १५ वटासम्म टिकटक बनाएको छु ।