मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ भदौ १ बुधबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धेरै समूहका मानिसको खराब मनोविज्ञानले फोहोर व्यवस्थापन सफल भएन : मन्त्री चौधरी 

Read Time : < 1 मिनेट
२०७९ भदौ १ बुधबार १२:१५:००

सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने अहिलेको  विधिले झन् धेरै बन्चरेडाँडा र सिसडोलहरू थप्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पाल्पामा निर्माण सम्पन्न केही भवनको उद्घाटन गर्न आएका मन्त्री चौधरीले धेरै समूहका मानिसको खराब मनोविज्ञानका कारण फोहाेर व्यवस्थापन कार्य सफल हुन नसकेको भन्दै ठग मानसिकताले निकास नदिने धारणा राखे ।

एक सय १७ वर्षमा एक सय ७४ पटक स्थानीय जनतासँग सम्झौता भए पनि फोहाेर व्यवस्थापन सधैँ चुनौतीपूर्ण हुनु दुःखद भएको बताउँदै मन्त्री चौधरीले अब नयाँ सिराबाट फोहाेर व्यवस्थापन कार्य अघि बढ्ने बताए । त्यसका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले दिनदिनै नयाँ इस्युहरूका कारण फोहाेर व्यवस्थापन कार्य जटिल भएको धारणा राखेका छन् । उनले भने, ‘फोहाेर व्यवस्थापनमा एक खालको सिन्डिकेट छ, एउटा गिरोह छ त्यसको सूक्ष्म अध्ययन गर्नुपर्ने छ, यो कुरा बालेनजीले पनि बुझेको हुनुपर्छ । एउटैले सबै स्रोत लिएका कारण पनि समस्या आएको छ । अब म यस्तो हुनबाट रोक्छु । काठमाडौंको फोहाेरले काठमाडाैंका लागि पुग्ने मल तयार हुन्छ । फोहाेर दिने जनतालाई हामी पैसा दिने अवस्थामा पुग्ने गरी काम गर्ने वातावरण तयार हुनेछ ।’

अर्काे प्रसंगमा मन्त्री चौधरीले पाँचदलीय गठबन्धन खास अवस्थाका कारण बनेको बताएका छन् । गठबन्धनको सरकारको  लोकप्रियता बढेकाले केही दल थपिने क्रममा रहेको बताए । उनले गठबन्धन खास अवस्थाका कारण बनेको भन्दै अझै पाँच वर्ष टिक्ने विश्वास व्यक्त गरे ।