१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:२०:००

काठमाडौंको फोहोरको दीर्घकालीन समाधान के होला ?  
हामीले फोहोरलाई सदुपयोग गर्ने योजना बनाएका छौँ । जसअनुसार कुहिने फोहोरबाट हामीले मल बनाउँछौँ । यसबाहेक फोहोरलाई मोहरमा बदल्न नयाँ योजना पनि सुरु गर्नेर्छौं । 

अहिलेको समस्या समाधान कसरी हुँदै छ ? 
अहिले फोहोरमा देखिएको समस्या समाधानका लागि हामीले दिनहुँ छलफल गरिरहेका छौँ । स्थानीयवासी, सहरी विकास मन्त्रालय, स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । सम्भवतः छिट्टै समाधान होला । 

कुहिने र नकुहिने फोहोर वर्गीकरणमा महानगर किन चुक्यो ? 
फोहोर वर्गीकरणबारे हाम्रो अभियान जारी छ । कुहिने र नकुहिने फोहोर अलगअलग गरी उठाउने योजना बनाउँदै गर्दा स्थानीयवासीबाट अवरोध भयो । त्यस्तो अवस्थामा कुहिने र नकुहिने फोहोरलाई अलगअलग गर्न सम्भव भएन । हाल सडकमा थुप्रिएको फोहोर उठाइसकेपछि हामी सो योजनालाई निरन्तरता दिनेछौँ । त्यसका लागि पुनः तालिका बनाउनेछौँ ।