समाचार
चितवनमा आगालागी, एक बालकको मृत्यु
Read Time : < 1 मिनेट
२०७५ चैत ८ शुक्रबार १८:००:००
चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका ६ महीने छोरा शिव चेपाङको मृत्यु भएको हो ।
आगालागीले तीन घरसमेत जलेर नष्ट भएको छ । रामचन्द्र, रामकृष्ण चेपाङ र दीपक चेपाङका घर पूर्णरुपमा जलेर नष्ट भएको आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञानबहादुर प्रजाले जानकारी दिए ।
शिक्षक प्रजाका अनुसार आगालागी आज अपराह्न २ बजे लागेको आगो स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक नवीन बुढाथोकीले बताए ।