१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा नेपालले सीमित क्षेत्रमा चुनावी तालमेल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:४१:oo

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालले सीमित क्षेत्रमा चुनावी तालमेल गर्ने भएको छ। सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सीमित क्षेत्रहरूमा मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

तालमेल नभएका क्षेत्रमा पार्टीले आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता  सुरेश आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठनसमेत गरेको छ।

त्यसैगरी, अध्यक्ष थापाले प्रस्तुत गरेका ‘सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण’ विषयक राजनीतिक कार्यपत्र, महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले प्रस्तुत गरेका सचिवालय, प्रशिक्षण र संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित भएको विज्ञप्तिमा उल्लेख छ।

 

ad
ad