मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Thursday, 13 August, 2026
२o७९ श्रावण ३१ मंगलबार १३:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

खर्च कटौती गर्न सरकारी निकायलाई श्रीलंकाली राष्ट्रपतिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १३:४७:oo

श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन्। राष्ट्रपति विक्रमासिंघेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएकाे उनको सञ्चार सचिवालयले जनाएकाे छ।

सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलंकाका सबै मन्त्रालय, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरू तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ। श्रीलंकाले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ। श्रीलंकाले हाल सामना गरिरहेको आर्थिक संकटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरूका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको बताइएको छ।

राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाडामा नलिन पनि दिर्नेशन दिएकाे समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा